![]()
काठमाडौ,माघ ।
आँखा रोग विशेषज्ञ तथा डाक्टर सन्दुक रुईत भारत सरकारको सम्मानित पद्यम श्री पदकबाट सम्मानित भएका छन् । स्वतन्त्रता दिवसको अवसरमा बिहीबार घोषणा गरिएको सम्मान तथा पदकको सूचीमा डाक्टर रुइतलाई आँखाको उपचारमा पुर्याएको योगदानको कदर गर्दै पद्यम श्री परस्कारबाट सम्मान गर्ने निर्णय भएको जनाएको हो ।
डा. रुईतको नेतृत्वमा विकास भएको मोतिबिन्दुको उपचारको पद्धति संसारका धेरै देशमा‘नेपाल मोडल’ का रुपमा अपनाइन्छ । यस्तै, उनकै नेतृत्वमा तिलगंगा आँखा अस्पतालले उत्पादन गर्ने मोतीविन्दुको उपचारमा प्रयोग गरिने लेन्स विश्वका ९० भन्दा बढी देशमा निर्यात हुने गरेको छ ।
डाक्टर रुइत यसअघि एशियाकै सर्वाधिक प्रतिष्ठित पुरस्कार रोमन म्यागासेसेबाट पनि सम्मानित भइसकेका छन् । पद्यम श्री पुरस्कार भारत सरकारले दिने चौथो ठूलो सम्मान हो । यसअघि, नेपालका अनुराधा कोईरालालाई भारत सरकारले पद्यम श्रीबाट सम्मान गरेको थियो ।


