Breaking News.... EverestOnlineKhabar
May 4, 2026

कौटिन्होको डेब्यु, बार्सिलोना कोपा डेल रे को सेमिफाइनलमा

Loading

एजेन्सी,माघ ।
दोस्रो लेगमा पुनरागमन गरेको बार्सिलोना स्पेनिस कोपा डेल रे फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । बिहीबार राति भएको क्वाटरफाइनलको दोस्रो लेगमा स्पानियोललाई २ – ० ले हराउदै समग्रमा २ – १ को जितसहित बार्सिलोनाले अन्तिम चारमा स्थान पक्का गरेको हो । घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाको लागि लुइस स्वारेज र लियोनल मेस्सीले गोल गरे । बार्सिलोना पहिलो लेगमा भने १ – ० ले पराजित भएको थियो । तर, ब्राजिलियन मिडफिल्डर फिलिप कौटिन्होले डेब्यु गरेको खेलमा बार्सिलोनाले स्पानियोललाई हराउदै प्रतियोगिताको अर्को चरणमा स्थान पक्का गर्यो ।
क्याम्प नाउमा नवौं मिनेटमा स्वारेजले गोल गर्दै बार्सिलोनालाई १ – ० को अग्रता दिलाए । खेलको २५ औं मिनेटमा मेस्सीले गोल गरेपछि पहिलो हाफमा बार्सिलोना २ – ० ले अघि रह्यो । दोस्रो हाफमा दुवै टोलीले गोल गर्न सकेनन र खेल बार्सिलोनाले २ – ० आफ्नो बनायो ।
स्पानियोल विरुद्धको खेलको दोस्रो हाफमा मैदान प्रवेश गर्दै यहिँ महिना क्लब भित्रिएका प्ले मेकर कौटिन्होले बार्सिलोनामा डेब्यु गरेका थिए । बार्सिलोनासँग साढे पाँच बर्षे सम्झौता गरेका कौटिन्हो ६८ औं मिनेटमा आन्द्रे इनिएस्टाको स्थानमा मैदान पसेका थिए । बार्सिलोनाले कौटिन्होलाई इंग्लिस क्लब लिभरपुलबाट महँगो मुल्यमा अनुबन्धन गरेको हो । बार्सिलोनाले कौटिन्होलाई भित्र्याउन १४२ मिलियन पाउण्ड तिरेको थियो । बार्सिलोनासँग आबद्द भएपछि कौटिन्हो विश्वको दोस्रो महँगो खेलाडी बनेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed