Breaking News.... EverestOnlineKhabar
May 4, 2026

सिरियाबारे पुनः शान्ति वार्ताको प्रयास…..

Loading

एजेन्सी,माघ ।
सिरियामा जारी हिंसाको शान्तिपूर्ण निकासका लागि संयुक्त राष्ट्रसंघले पुनः वार्ताको प्रयास गरेको समाचार छ । यस वार्ता प्रयासलाई राष्ट्रसंघले सिरियाका लागि गरिएको एक अन्तिम आशाका रुपमा लिएको पनि भियनाबाट राष्ट्रसंघीय अधिकारीले जानकारी दिएका छन् । भियनामा केही दिनयतादेखि सिरियाको विपक्षी समूह, राष्ट्रपति बसर अल असदका पक्षधरा साथै राष्ट्रसंघीय अधिकारीहरुसँग वार्ता भएको थियो ।
सुरुमा वार्तामा बस्न असहमत भएको सिरियाली विपक्षी समूहका प्रतिनिधिहरु पनि यस भियनामा भएका यी त्रिपक्षीय वार्ताहरुपछि वार्ताका लागि सहमत भएका बताइएको छ । सिरियाका लागि राष्ट्रसंघीय विशेष प्रतिनिधि स्टेफन डि मिस्टुराले सो जानकारी दिएका हुन् । भियना वार्तामा उनी संलग्न थिए ।
उनले सिरियाली सरकारी र विपक्षको सहमतिमा यो वार्ताको लागि वातावरण बनेको बताए । उनले यसका लागि संयुक्त राष्ट्रसंघले पहल गरेको र वार्ताको संयोजन तथा मध्यस्थता पनि गरिने जानकारी दिए । आगामी दुई दिनमा धेरै कुराको सहमति बनिसक्ने र सिरियाली सरकार र विपक्षीहरुबीचको शान्ति वार्ताका लागि पनि एक महत्वपूर्ण दिनका रुपमा रहने उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed