Breaking News.... EverestOnlineKhabar
May 4, 2026

‘एनएनआईपीए स्पोर्ट्स अवार्ड’ माघ २७ गते

Loading

काठमाडौं । नेपाल राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय खेलाडी संघ (एनएनआईपीए)ले उत्कृष्ट खेलाडीलाई प्रत्येक वर्ष प्रदान गर्दै आईरहेको ’एनएनआईपीए स्पोर्ट्स अवार्ड २०७३’ माघ २७ गते प्रदान गर्ने भएको छ ।

काठमाडौंको टोखामा हुने अवार्ड कार्यक्रममा विभिन्न ३५ खेलका खेलाडीलाई अवार्ड प्रदान गरिने खेलाडी एनएनआईपीएका अध्यक्ष दीपक श्रेष्ठले बताए । आयोजकका अनुसार पूर्वाञ्चलमा भएको सातौं राष्ट्रिय खेलकुदमा समावेश भएको खेलका खेलाडीलाई पुरस्कृत गर्न लागिएको हो। यसअघि विभिन्न २५ खेलका खेलाडीलाई अवार्ड प्रदान गरिएको थियो।

अवार्ड समारोहमा फुटबल, क्रिकेट, कराते, तेक्वान्दो, उसु, बक्सिङ, एथलेटिक्स, भलिबल, भारोत्तोलन, पौडी, जुडो, आर्चरी, सुटिङ, कुस्ती, लनटेनिस, सफ्ट टेनिस, टेबलटेनिस, कबड्डी, जिम्न्याष्टिक, बास्केटबल, ह्यान्डबल, हक्की, बुद्धिचाल, साइक्लिङ, स्क्वास, ट्रायथलन, खो खो, स्नुकर तथा विलियर्ड, फेन्सिङ, शारीरिक सुगठन, ब्याडमिन्टन, आईटीएफ तेक्वान्दो, सेपाकताक्रो, फुल कन्ट्याक्ट कराते र गल्फका खेलाडी सम्मानित हुनेछन्। उनीहरुलाई जनही १० हजार नगद र अवार्ड प्रदान गरिने छ।

त्यस्तै धावक स्व. गजराज जोशी आदर्श खेलाडी अवार्डबाट एक खेलाडीलाई सम्मानित गरिने छ। यो अवार्डको विजेतालाई २५ हजार नगद प्रदान गरिने छ । यसपटकदेखि १५ हजार रुपैयाँ राशीको ‘एनएनआईपीए पत्रकारिता’ पुरस्कार पनि बितरण गरिने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed