![]()
काठमाडौं । सूचना प्रविधिको कुम्भ मेला क्यान इन्फोटेक विहीबारदेखि राजधानीको भृकुटीमण्डपमा सुरु भएको छ । मेलामा सूचना तथा संचार प्रविधि क्षेत्रमा विकास भएका नयाँ नयाँ प्रविधि प्रदर्शनीमा राखिएको छ ।
मेलाको २४औं संस्करण ‘इन्फोटेक २०१८’को प्रदर्शनीमा हल भित्र४९ ओटा ठूला र हल बाहिर ५ ओटा ब्रान्डिङ प्रदर्शनी कक्ष रहेका छन । जसमध्ये ट्रसमा १४४, ओपन स्पेस १४ र फुड स्टल १० गरी जम्मा २ सय २२ स्टल छन्। हलभित्रका स्टलहरुमा कम्पनीले ब्रान्डिङमा फोकस गर्नेछन् भने बाहिरका स्टलहरुमा छुट र अफरहरुसहित समान खरिद गर्नसमेत सकिने छ।
यस प्रदर्शनीमा हार्डवेयर सेल्स तथा मेन्टिनेन्स, पावर सोलुसन्स, मोबाइल एसोसेरिज, डिलर र डिस्ट्रिब्युटर्स, इन्टरनेट सेवा प्रदायक, टेलिकम्युनिकेसन्स, आइसिटी कलेज तथा ट्रेनिङ इन्स्टिच्युट्स, सफ्टवेयर सोलुसन्स, पेमेन्ट सोलुसन्स र अन्य छन्। यस प्रदर्शनीमा हार्डवेयर सेल्स तथा मेन्टिनेन्स, पावर सोलुसन्स, मोबाइल एसेसरिज, डिस्ट्रिब्युटर्स, इन्टरनेट सेवा प्रदायक, सफ्टवेयर सोलुसन्स, पेमेन्ट सोलुसन्ससहितका स्टल रहेका छन्। विभिन्न सूचना प्रविधिसँग सम्बन्धित संस्थाहरूले यस अवसरमा आकर्षक योजना सार्वजनिक गर्दैछन्।
इन्फोटेक अवलोकनका लागि सर्वसाधारणलाई प्रवेशशुल्क एक सय र विद्यार्थीलाई ५० रुपैयाँ तोकिएको छ ।
सरकारी विद्यालयबाट अग्रिम रूपमा लिखित अनुरोधसहित नामावली प्राप्त भएमा ती विद्यालयका विद्यार्थीलाई निस्शुल्क प्रवेश गर्न दिइने क्यानले जानकारी दिएको छ।
मेला ६ दिनसम्म सञ्चालन हुनेछ।


