Breaking News.... EverestOnlineKhabar
May 4, 2026

प्रदेशमा मन्त्रीको संख्या ‘कुल सांसदको १० प्रतिशत’

Loading

काठमाडौं । बामगठवन्धनले प्रदेशमा कुल सांसदको १० प्रतिशत मात्र मन्त्री बनाउने निर्णय गरेको छ । गठवन्धनको कार्यदलस्तरीय बैठकमा यो सहमति भएको हो । संविधानले भने प्रदेशमा कुल सांसदको २० प्रतिशतसम्म मन्त्री बनाउन पाउने व्यवस्था गरेको छ ।

गठबन्धनले आफूहरुले मुख्यमन्त्रीसहित सरकार बनाउने प्रदेशमा १० प्रतिशत भन्दा बढी मन्त्री नबनाइने निर्णय गरेको एमाले नेता शंकर पोखरेलले जानकारी दिए ।

वाम गठबन्धनले प्रदेश नम्बर २ बाहेक ६ वटा प्रदेशमा बहुमतको सरकार गठन गर्ने सम्भावना छ । कार्यदलको बिहीबारको बैठकले प्रदेशका मुख्यमन्त्री र सभामुखका बिषयमा भने माघ १४ गते निर्णय गर्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed