Breaking News.... EverestOnlineKhabar
May 4, 2026

खेलाडीहरुको यौन शोषण गर्ने डाक्टरलाई १७५ बर्ष जेल सजाय

Loading

बिबिसि । अमेरिकाको एक अदालतले अमेरिकाका ओलम्पिक जिम्नास्टिक्स टिमका पूर्व डाक्टर लरी नस्सारलाई यौन शोषणको आरोपमा १७५ वर्षको जेल सजाय सुनाएको छ ।

१ सय ६० जना पीडितको बयानपछि अदालतले उनलाई जेल सजाय सुनाएको हो । नस्सारले माफी माग्ने प्रयास गरे पनि न्यायाधीशले अस्वीकार गरेका थिए । नस्सारले कयौं युवतीलाई यौन दुव्र्यवहार गरेको ठहर गर्दै अदालतले जेल सजाय दिएको हो । उनले कतिपय ओलम्पिक खेलाडीलाईसमेत यौन दुव्र्यवहार गरेको पुष्टि भएको छ । ५४ वर्षीय नस्सारलाई यसअघि पनि बालबालिकामाथि यौन हिंसा गरेको आरोपमा ६० वर्षको कैद सजाय सुनाइएको थियो ।

न्यायाधीश रोजमेरी अकिलिनाले सजायँ सुनाउँदै नस्सारको कडा आलोचनासमेत गरेका छन् । उनले पीडित महिलाको कुरा सुन्दा उनीहरुको सम्मानका लागि पनि नस्सारलाई ठूलो सजाय दिनुपरेको बताए । उनले नक्सार जेलभन्दा बाहिर राख्न लायक व्यक्ति नभएको समेत बताए । पीडित महिलाहरुसँग अदालतले एक हप्तादेखि बयान लिएको थियो ।

अन्तिममा नस्सारलाई पनि आफ्ना भनाई राख्ने मौका अदालतले दिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed