Breaking News.... EverestOnlineKhabar
May 4, 2026

रोनाल्डोको फर्मबारे रियल मेड्रिडका कप्तान रामोसले अध्ययन गर्दै

Loading

एजेन्सी । कप्तान सर्जियो रामोसको नेतृत्वमा रियल मड्रिड तथा क्लबका स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डोको कमजोर फर्मका बारेमा अध्ययन सुरु भएको छ ।

स्पेनिस ला लिगा तथा च्याम्पियन्स लिगको साबिक विजेता रियल मड्रिड र क्लबका खेलाडी रोनाल्डोले यो सिजन च्याम्पियन्स लिगमा राम्रो गरे पनि घरेलु प्रतियोगितामा खराब प्रदर्शन गरिरहेका छन् ।

यो विषयमा क्लबका अध्यक्ष फ्लोरेन्टिनो पेरेजको निर्देशनमा कप्तान रामोसले अध्ययन गरिरहेका छन । ला लिगामा अहिले शीर्ष स्थानको बार्सिलोना भन्दा १९ अंकले पछि रहेको रियल मड्रिड कोपा डेल रे बाट पनि बाहिरिएको छ ।

टिमको कमजोर प्रदर्शनका कारण अध्यक्ष पेरेज चिन्तामा छन् भने प्रशिक्षक जिनेदिन जिदान समस्यामा रहेका छन् । रोनाल्डोले पनि अघिल्ला सिजनमा जस्तो आफ्नो लय समात्न सकेका छैनन् ।

रामोसले अब टिमको कमजोरी र रोनाल्डोसहितका खेलाडीको अवस्था बारेमा अध्ययन गरेर खेलका लागि नयाँ रणनीति बनाउने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed