Breaking News.... EverestOnlineKhabar
May 1, 2026

सरकारले तोक्यो सात प्रदेशका प्रदेश प्रमुख र अस्थायी मुकाम

Loading

काठमाडौ । सरकारले सात प्रदेशको प्रदेश प्रमुख तोकेको छ । मन्त्रिपरिषद्को बुधबार अपरान्ह बसेको बैठकले प्रदेश प्रमुखहरु तोकेको हो ।
प्रदेश प्रमुखमा कांग्रेस र मधेसवादी दुई दलले भागवण्डा गरेका छन् । प्रदेश नम्बर ५ मा राजपा र १ मा संघीय समाजवादी फोरमको सिफारिसमा प्रदेश प्रमुख नियुक्त गरिएको छ । ५ जना कांग्रेसको सिफारिसमा परेका छन ।

मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार प्रदेश १ मा गोविन्द सुब्बा, २ मा रत्नेश्वर लाल कायस्थ, ३ मा अनुराधा कोइराला, ४ मा बाबुराम कुँवर, ५ मा उमाकान्त झा, ६ मा दुर्गाकेशर खनाल र ७ मा मोहनराज मल्ललाई प्रदेश प्रमुख नियुक्त गरिएको छ ।

प्रदेश मुकाम पनि तोकियो

बैठकले प्रदेशहरुको अस्थायी मुकाम तोकेको कानुनमन्त्री यज्ञबहादुर थापाले  जानकारी दिए। जस अनुसार :

प्रदेश १ को विराटनगर

२ को जनकपुर

३ को हेटौंडा

४ को पोखरा

५ को रुपन्देही

६ को सुर्खेत

र ७ को कैलाली  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed