![]()
काठमाडौ । सरकारले सात प्रदेशको प्रदेश प्रमुख तोकेको छ । मन्त्रिपरिषद्को बुधबार अपरान्ह बसेको बैठकले प्रदेश प्रमुखहरु तोकेको हो ।
प्रदेश प्रमुखमा कांग्रेस र मधेसवादी दुई दलले भागवण्डा गरेका छन् । प्रदेश नम्बर ५ मा राजपा र १ मा संघीय समाजवादी फोरमको सिफारिसमा प्रदेश प्रमुख नियुक्त गरिएको छ । ५ जना कांग्रेसको सिफारिसमा परेका छन ।
मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार प्रदेश १ मा गोविन्द सुब्बा, २ मा रत्नेश्वर लाल कायस्थ, ३ मा अनुराधा कोइराला, ४ मा बाबुराम कुँवर, ५ मा उमाकान्त झा, ६ मा दुर्गाकेशर खनाल र ७ मा मोहनराज मल्ललाई प्रदेश प्रमुख नियुक्त गरिएको छ ।
प्रदेश मुकाम पनि तोकियो
बैठकले प्रदेशहरुको अस्थायी मुकाम तोकेको कानुनमन्त्री यज्ञबहादुर थापाले जानकारी दिए। जस अनुसार :
प्रदेश १ को विराटनगर
२ को जनकपुर
३ को हेटौंडा
४ को पोखरा
५ को रुपन्देही
६ को सुर्खेत
र ७ को कैलाली ।


