![]()
काठमाडौं । एमाले माओवादी संयुक्त कार्यदलले राष्ट्रियसभाका ४३ सिटमा दुई पार्टीवीचको भागवण्डा मिलाएको छ । एमालेले २९ र माओवादीले १४ सिट पाउने गरी भागवण्डा मिलेको हो ।
सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा बसेको बैठकले दुई दलबीच सिटहरुको भागवण्डा गरेको हो । कार्यदलले ४३ सिटमा कुरो मिलाएको र अब यसलाई पार्टी एकता संयोजन समितिले अन्तिम टुंगो लगाउने छ ।
राष्ट्रिय सभाका ५६ सिटमध्ये १३ वटा सिटमा भने अन्य दलहरुसंग पनि तालमेलपछि निर्णय गरिने छ । राष्ट्रियसभाको निर्वाचन आगामी माघ २४ गते हुँदैछ ।


