![]()
एजेन्सी । चीनले विश्वकै सबैभन्दा अग्लो हावा फिल्टर गर्ने टावर बनाएको छ । यसको उचाई ३३० फिट रहेको छ । यसको परीक्षण पनि चिनियाँ वैज्ञानिकले सुरु गरिसकेका छन् ।
वायु प्रदुषणमा विश्वै बदनाम सहरका रुपमा चीनको राजधानी बेइजिङलाई चिनिन्छ । यहाँ हरेक वर्ष धुवाँ र धुलोका कारण मानिसको दैनिकीमा गम्भी असर परिरहेको छ । समाचार अनुसार यहाँका हरेक व्यक्तिको शरीरमा दैनिक २१ वटा सिगरेट बराबरको धुवाँ पस्ने गरेको छ।
यो रिसर्च कार्यक्रमका प्रमुख काओ जुन्जीले बताए अनुसार टावर लगाएपछि यसको आसपास १० किलोमिटरको दायरामा केही महिनायता हावाको गुणस्तरमा धेरै सुधार आएको देखिएको छ । उनका अनुसार यो टावरले अहिलेसम्म करिब एक करोड क्युबिक मिटर हावालाई सफा बनाइसकेको छ । यो टावरले ग्रीन हाउसेजमार्फत काम गर्ने गरेको छ । जुन यसको जगमा फुटबलको मैदान भन्दा करिब आधा क्षेत्रफलमा बनेको छ।
यो टावरले जटिल अवस्थामा पनि आसपासको हावालाई सफा बनाउने गरेको छ । जुन्जीका अनुसार यो चिनियाँ बैज्ञानिको ठूलो सफलता हो । वैज्ञानिकका अनुसार बेइजिङमा प्रदुषणको स्तर खतरा भन्दा माथि रहेका बेला यो टावरको आसपासको हावा स्वच्छ थियो । जुन्जीका अनुसार दिउँसो समयमा पनि यसले बिजुलीबिना सजिलै काम गर्न सक्छ । परीक्षणका क्रममा यसले धेरै राम्ररी काम गरिरहेको छ ।
पुरै आकारमा बनिसकेपछि यसले ३० वर्ग किलोमिटर (११.६ वर्ग माइल) क्षेत्रको हावालाई सफा गर्ने क्षमता राख्छ । साना सहरलाई पूरै सफा हावा उपलब्ध गराउने यो टावरको क्षमता छ ।


