Breaking News.... EverestOnlineKhabar
May 3, 2026

सिरोहियाले मिडियाको दुरुपयोग गरी म माथि ज्यादति गरे : सुमार्गी

Loading

काठमाडौं । मुक्तिश्री प्रालिका अध्यक्ष अजेयराज सुमार्गीले कान्तिपुर मिडिया ग्रुपका प्रमुख कैलाश सिरोहियाले मिडियाको दुरुपयोग गरी आफूमाथि ज्यादति गरेको आरोप लगाएका छन् । थाहा सञ्चारका प्रमुखसमेत रहेका सुमार्गीले एकपटक बिक्री गरेको जग्गा फिर्ता लिन सिरोहियाले अनुचित दबाब दिनुका साथै ब्ल्याकमेलिङ गरी हैरान पारेको अभियोग लगाए ।

राजधानीमा पत्रकार सम्मेलन गरी उनले भने , ‘बेचिसकेको जग्गा फिर्ता लिन आफ्ना सञ्चारमाध्यमहरुलाई कैलाश सिरोहियाले ब्ल्याकमेलको साधन बनाए ।’

कान्तिपुर मिडिया ग्रुपका हरेक प्रकाशनहरुमा आफूबिरुद्ध लगातार रुपमा समाचार प्रकाशन गर्न लगाएर सिरोहियाले आफूलाई गलाउन खोजेको उनको दाबी छ ।

सुमार्गीका अनुसार सिरोहियाले चार वर्षअघि आफूलाई आर्थिक समस्या परेको भन्दै बेचेको जग्गा पुरानै मूल्यमा फिर्ता लिन विगत केही समयदेखि करकाप गर्दै आएकोमा आफूले जग्गा फिर्ता गर्न नसक्ने प्रस्ट्याइदिएपछि आफ्ना सञ्चारमाध्यम मार्फत ब्ल्याकमेलिङ गरेका हुन् । यसबाट आफ्नो मानहानी हुनुका साथै प्रतिष्ठामा ठूलो क्षति पुगेको सुमार्गीको भनाई छ ।

सिरोहियाले आफ्नो सम्पत्तिमा गिद्देदृष्टि लगाएको जस्ता कडा शब्द सुमार्गीले पत्रकार सम्मेलनमा प्रयोग गरेका थिए । सुमार्गीको विज्ञप्तिमा भनिएको छ, ‘सिरोहियाले गरेको ब्ल्याकमेलिङ प्रकरण नेपाली पत्रकारिताको कालो धब्बाको रुपमा रहनेछ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed