Breaking News.... EverestOnlineKhabar
May 3, 2026

Loading

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की पत्नी सीता दाहाल उपचारका लागि दिल्ली प्रस्थान गरेकी छिन् ।

अध्यक्ष दाहालको सचिवालयका अनुसार सीता नियमित स्वास्थ्य परीक्षणका लागि दिल्ली प्रस्थान गरेकी हुन् । उनको साथमा भरतपुरकी मेयर समेत रहेकी छोरी रेणु दाहाल र गंगा दाहाल समेत रहेका छन् ।

सीतालाई सुगर, प्रेसर र थाइराइडको समस्या छ । छोरा प्रकाश दाहालको निधनपछि निराशाका कारण उनको स्वास्थ्य समस्या बढेको हो । सीतालाई निन्द्रा नलाग्ने समस्या देखिएपछि उनकै आग्रहमा अध्यक्ष दाहालले लाजिम्पाट निवास छाडेका थिए ।

हाल दाहाल सीतासँगै खुमलटार बस्दै आएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed