Breaking News.... EverestOnlineKhabar
April 30, 2026

तीन दिन भित्र प्रदेश प्रमुख र अस्थायी राजधानी तोकिन्छ : प्रधानमन्त्री

Loading

कैलाली । प्रधानमन्त्री शेरत्रहादुर देउवाले तीन दिन भित्र प्रदेश प्रमुख र अस्थायी राजधानी तोक्ने बताउनुभएको छ । कैलालीको गोदावरीमा बाह्र राशी मकर मेलाको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले दलीय सहमतिको प्रयास गर्दा प्रदेश प्रमुख र राजधानी तोक्न ढिलाई भएको उल्लेख गर्नुभयो ।

सहमतिका लागि थप समय नखर्चिने भन्दै प्रधानमन्त्री देउवाले तीन दिनभित्र सरकारले निर्णय गर्ने जानकारी दिनुभयो । सुदूरपश्चिममै पनि विभिन्न स्थानलाई राजधानी बनाउनुपर्ने माग उठेकाले आफूलाई थप समस्या भएको उहाँले बताउनुभयो । अहिले तोकिने प्रदेश राजधानी अस्थायी मात्रै भएकाले पछि सहमतिमा अन्य ठाउँ तोक्न कठिनाई नहुने उहाँले बताउनुभयो ।

प्रधानमन्त्री देउवाले राष्ट्रियसभा निर्वाचन पछि संसदले पूर्णता पाउने भएकाले त्यसपछि मात्र नयाँ सरकार गठन हुने जानकारी दिनुभयो । निर्वाचनमा कसैको पनि बहुमत नआएको र संसद गठन नभएकाले संविधानको दायरा र कानूनी दायरा केही नबुझी सत्ता हस्तान्तरणको विषय उठाएर मात्र नहुने उहाँले बताउनुभयो । कानून संगत रुपमा आए आफु एक मिनेट पनि सत्तामा नबस्ने प्रधानमन्त्री देउवाले दोर्होयाउनुभयो ।

प्रधानमन्त्रीको चयन गर्न नसक्ने वामगठबन्धनले आफुलाई पद नछोडेको आरोप लगाउनु गलत भएको उहाँले बताउनुभयो । गठबन्धनले सहमति गरेर प्रधानमन्त्री दिन नसकेपछि देश प्रधानमन्त्री बिहीन नहोस् भनेर मात्रै आफू कुर्सीमा आसिन भएको उहाँको दावी थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed