![]()
काश्की । १२औँ सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन प्रतियोगिता आगामी फागुन ७ गते हुने भएको छ ।
भूतपूर्व खेलाडी मञ्च नेपाल पोखराको आयोजनामा प्रतियोगिता हुन लागेको हो ।
प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने धावकले क्रमशः रु. ७० हजार, रु. ४५ हजार र रु. ३० हजार नगद तथा प्रमाणपत्र प्राप्त प्रदान गरिने आयोजकले जनाएको छ ।
त्यस्तै १० किलोमिटर पुरुष र महिला दौड पनि आयोजना गरिनेछ । उक्त प्रतियोगितामा प्रथम रु. १५ हजार, द्वितीय रु १० हजार र तृतीय रु. पाँच हजार तथा पाँच किलोमिटर छात्रछात्रा दौडमा प्रथम रु. १० हजार, द्वितीय रु सात हजार र तृतीय हुनेले चार हजार नगद पुरस्कार पाउनेछन् ।
यसरी नै ४०० मिटर ह्विल चियर पुरुष तथा महिलामा प्रथम, द्वितीय र तृतीयले क्रमशः रु. पाँच हजार, रु. तीन हजार र रु दुई हजार दिइनेछ । यो पटक १०० मिटर दृष्टिविहीन दौड पनि आयोजना गरिने भएको छ । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः रु. पाँच हजार, रु. तीन हजार र दुई हजार पाउनेछन् ।
प्रतियोगिता सम्पन्न गर्न रु. १७ लाख ३९ हजार खर्च लाग्ने अनुमान गरिएको छ ।


