Breaking News.... EverestOnlineKhabar
May 3, 2026

नाइजेरियामा बोको हरामको आक्रमणबाट २० गाउँलेको मृत्यु

Loading

बिबिसि । नाइजेरियामा बोको हराम लडाकूद्वारा गरेकोे पछिल्लो आक्रमणमा जङ्गलमा दाउरा खोजिरहेका २० जना गाउँलेको मृत्यु भएको छ ।

बोको हरामका लडाकू सदस्य र स्थानीयबासिन्दाले दिएको जानकारी अनुसार आम नागरिक विरुद्ध लडाकूहरुले गरेको आक्रमणमा परी उत्तरपुर्बी नाईजेरियामा उनीहरु मारिएका हुन् ।

मोटरसाइकलमा आएका बन्दुकधारी आक्रमणकारीहरूले दाउरा संकलन गरिरहेका दाउरेहरूमाथि जथाभावी बन्दुक प्रहार गरेका थिए ।
घटना बोर्नो राज्यको राजधानी माईडुगुरी नजिकै पर्ने काजे गाँउमा भएको बताइएको छ । घटनापछि अरु १५ जना हराइरहेका र आक्रमणकारीद्वारा त्यत्तिकै संख्यामा गाउँलेहरू अपहरणमा लिएकोे लडाकूका नेता इब्राहिम लिमानले जानकारी दिए ।

नाईजेरियाको सरकार र सेनाले आक्रमणकारी इस्लामिक स्टेट (आइएस) लडाकू समूहसँग आबद्ध भएकोे बताउदै आएका छन् ।
नाईजेरियामा सन् २००९ देखि सुरु भएको द्वन्द्वमा परी अहिले सम्म २० हजार नागरिक मारिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed