Breaking News.... EverestOnlineKhabar
May 1, 2026

रुसी राष्ट्रपति पुटिनले गरे उत्तर कोरियाली नेताको प्रशंसा

Loading

एजेन्सी,पुस ।
रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनको प्रशंसा गरेका छन् । अमेरिकाले उत्तर कोरियाली नेताको लगातार आलोचना गरिरहँदा रुसी राष्ट्रपति पुटिनले भने खुलेर प्रशंसा गरेका हुन् । पुटिनले उत्तर कोरियाली नेता किमलाई एक सक्षम र परिपक्व नेता भनेर प्रशंसा गरेका छन् ।
कोरियाली प्रायद्वीपमा तनाव कम गर्नका लागि उत्तर कोरियाली नेता किमले गरेको प्रयास प्रशंसनीय रहेको रुसी राष्ट्रपति पुटिनको भनाइ छ । उत्तर कोरियासँग परमाणु अस्त्र र वैश्विक स्तरमा प्रहार गर्न सक्ने क्षेप्यास्त्र रहेको चर्चा गर्दै पुटिनले भनेः‘यसका बाबजुद उत्तर कोरियाली नेता किमले तनावको स्थितिलाई सुल्झाउन गरेको प्रयास प्रशंसनीय छ ।’
पुटिनले हालै उत्तर कोरिया र दक्षिण कोरियाबीच भएको वार्तालाई सकारात्मक रुपमा आफूले लिएको पनि बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed