Breaking News.... EverestOnlineKhabar
May 1, 2026

राजपाले प्रदेशसभा समानुपातिकको अन्तिम नामावली बुँझाउँदै

Loading

काठमाडौ,पुस ।
राष्ट्रिय जनता पार्टी नेपालले प्रदेशसभाका सांसदको अन्तिम सूची आज निर्वाचन आयोगमा बुझाउने भएको छ । अन्तिम सूचीमा प्रदेशसभा समानुपातिक सांसदको लागि राजपाबाट यसअघि निर्वाचन आयोगमा सिफारिस भएका नाममध्ये केही फेरबदल हुने भएको छ।
यसअघि निर्वाचन आयोगमा पठाएको सूचीलाई क्रमसख्याअनुसार नमिलेको भन्दै आयोगले अस्वीकार गरेपछि राजपाले अर्को सूची बुझाउन लागेको हो। राजपाका अध्यक्ष मण्डलका सदस्य महेन्द्र यादवले शुक्रबार राजपाले प्रदेशसभाका समानुपातिक अन्तिम सूची निर्वाचन आयोगमा पठाउने निश्चित भएको बताए।

शुक्रबार पठाउने नयाँ सूचीमा केही नाम फेरबदल हुने पनि उनले जानकारी गराए।  गत पुस १४ गते राजपाले प्रदेशसभाका समानुपातिका सांसदको सूची निर्वाचन आयोगमा बुझाएको थियो । सो सूचीबारे राजपाभित्रै विवाद उत्पन्न भएको थियो । निर्वाचन आयोगमा पठाएको सूचीको विरोध गर्दै राजपाकै केही कार्यकर्ताले पार्टी कार्यालयसमेत तोडफोड गरेका थिए । यस विषयमा छानबिन गर्न पार्टी कार्यलयले तीन सदस्यीय छानविन समितिसमेत गठन गरेको थियो ।

सो समितिले केही दिनअघि राजपाका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरलाई प्रतिवेदन पनि बुझाइसकेको छ । पार्टी कार्यालय तोडफोड गर्नेहरूलाई कारबाही गर्न समितिले पार्टी नेतृत्वलाई सिफारिस गरेको थियो । समितिले तोडफोडको घटनामा मधेसी निजामती कर्मचारी मञ्चलाई दोषी देखाए पनि मञ्चका पूर्व अध्यक्ष विनोद सिहंलाई भने तोडफोडमा संलग्न नभएको प्रतिवेदनमा जनाएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed