Breaking News.... EverestOnlineKhabar
May 2, 2026

Loading

काठमाडौं । डा. गोविन्द केसीका समर्थकहरुले अबको निशाना एमाले अध्यक्ष केपी ओलीलाई बनाउने चेतावनी दिएका छन । डा. केसीविरुद्ध अभिव्यक्ति दिएको भन्दै उनका समर्थकहरुले ओलीलाई निशाना बनाउने बताएका हुन ।

केसीको मुद्दामा समर्थन जनाउँदै सोलिडारिटी फर डाक्टर केसी एलाइन्सलले माइतीघरमा प्रदर्शन गरिरहेको छ। त्यही बोल्दै अधिवक्ता ओमप्रकाश अर्यालले भने, ‘अबको मिसन ओलीविरुद्ध हुनेछ किनकि उनले केसीविरुद्ध अभिव्यक्ति दिएका छन्।’

ओलीले माफियाको संरक्षण गरिरहेको बताउँदै अर्यालले भने, ‘ओलीको २०२८ सालदेखिको ट्र्याक रेकर्ड हामीसँग छ । यिनले माफिया संरक्षण गरिरहेका छन् ।’

उनले अब बन्ने सरकारलाई माइतीघरबाटै ढाल्नेसमेत बताए । मेडिकल माफियालाई ओलीले संरक्षण गरिरहेको उनको आरोप थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed