Breaking News.... EverestOnlineKhabar
May 2, 2026

किन गरे कांग्रेसका १९ जिल्ला सभापतिहरुले गोप्य भेला…? यस्तो छ कारण….

Loading

काठमाडौ,पुस ।
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पार्टीले बेहोर्नुपरेको पराजयबारे गम्भीर समीक्षा हुनुपर्ने आवाज उठिरहका बेला नेपाली कांग्रेसका १९ जिल्ला सभापतिहरुको गोप्य भेला भएको छ। सिन्धुपाल्चोकको मेलम्चीमा बुधबारदेखि गोप्य भेला सुरु भएको हो। जसको संयोजन गरेका छन्,बर्दिया क्षेत्र नम्बर १ का सांसद सञ्जय गौतमले। प्रतिनिधिसभा निर्वाचनमा एमाले उपाध्यक्ष वामदेव गौतमलाई हराएका उनी बर्दिया कांग्रेसका सभापति हुन्।
गोप्य भेलामा सिन्धुपाल्चोक, कैलाली, मनाङ र मुस्ताङ मुगुसहित १९ जिल्लाका सभापतिहरु सहभागी छन्। भेलाले पार्टी सभापतिहरुको राष्ट्रिय भेला बोलाउने विषयमा निर्णय गरिएको कांग्रेस मुगुका सभापति खड्गबहादुर शाहीले जानकारी दिए । यसका लागि सञ्जय गौतमको संयोजकत्वमा १३ सदस्यीय पहल समिति गठन गरिएको छ।
पछिल्लो निर्वाचनको निराशाजनक परिणामको निराशा चिर्दै कांग्रेसलाई पुनर्जागृत गर्न भेला महत्वपूर्ण रहेको उनीहरुको भनाई छ । भेलाले २२ जिल्लालाई दुर्गम क्षेत्रमा राखेर दुर्गम क्षेत्र विकास समिति सक्रिय बनाउने, पार्टी सभापति कोष खडा गर्ने, जसबाट आर्थिक अभावले पढ्न नपाएका र उपचार गराउने नपाएकालाई सहयोग गर्नेबारे पनि भेलाले निर्णय गरेको छ ।
अहिले उठिरहेको नेतृत्व परिवर्तनका विषयमा अनौपचारिक छलफल भए पनि भेलाले कुनै निर्णय गर्न सकेन । तर पार्टी सभापतिहरुको राष्ट्रिय भेलामा यो विषय प्रखुम रुपमा उठ्ने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed