Breaking News.... EverestOnlineKhabar
May 2, 2026

क्यालिफोर्नियामा लेदोसहितको पहिरोःमृत्यु हुनेको संख्या १७

Loading

एजेन्सी,पुस ।
अमेरिकाको क्यालिफोर्नियामा लगातारको वर्षासँगै बुधबार गएको लेदोसहितको पहिरोमा पुरिएर ज्यान गुमाउनेको संख्या १७ पुगेको छ । अझै १३ जना हराइ रहेका छन् । लेदोसहितको पहिरोका कारण २८ जना घाइते भएका छन् ।
उद्धारकर्मीले अहिले पनि बेपत्ताको खोजी तथा उद्धार गरिरहेका छन् । लगातारको वर्षसँगैको बाढी तथा लेदोसहितको पहिरोका कारण दक्षिणी क्यालिफोर्नियामा मानवीय क्षति भएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । क्यालिफोर्नियाको मोन्टेसिटोक्षेत्रमा लेदोसहितको पहिरो गएको हो ।
पहिरोका कारण एक सय भन्दा धेरै घरमा पूर्ण तथा अरु तीन सय घरमा आंशिक क्षति भएको छ । उद्धारकर्मीले हिलोमा पुरिएकी दुई वर्षकी बालिकाको जीवितै उद्धार गरेका छन् । उनको अहिले स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed