![]()
काठमाडौं । नेकपा एमाले अध्यक्षका केपी ओली नियमित उपचारका लागि थाइल्याण्डको बैंकक प्रस्थान गर्नुभएको छ ।
बैंकक जानुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष ओलीले वामगठबन्धन भत्काउन खोज्नेलाई ‘खुराफातमा पिएचडी गरेका डाक्टर’ को संज्ञा दिनुभयो ।
अध्यक्ष ओलीले भन्नुभयो, ‘खुराफाती डाक्टरहरु बाम गठबन्धन भत्काउन नाङगै सडकमा हिँडेका छन् तर त्यो उनीहरुको योजना सफल हुँदैन, उनीहरु अव माघको घाम ताप्छन ।’
दुई पार्टी छिट्टै एक हुनेमा आशंका नगर्न आग्रह गर्दै भन्नुभयो, ‘म फर्केपछि अरु समितिहरु बनाइन्छ, त्यसपछि एकता प्रकृया तीव्र हुन्छ ।’
ओलीले निर्वाचन सम्पन्न भएको एक महिना विसितसक्दा पनि सरकारले प्रदेश प्रमुख र प्रदेश राजधानी तोक्न ढिलाई गरेर आफ्नो असक्षमता प्रकट गरेको आरोप लगाउनुभयो । निर्वाचन आयोग कसैको गोटी बनेर नतिजा सार्वजनिक गर्न ढिलाई भएको आरोप समेत उहाँले लगाउनुभयो ।
ओली माघ २ गते स्वदेश फर्कनु हुनेछ ।


