Breaking News.... EverestOnlineKhabar
May 2, 2026

युरोपमा भारी हिमपात, ३९ इञ्चसम्म हिउँ जम्यो

Loading

एजेन्सी,पुस ।
भारी हिमपातका कारण युरोपको जनजीवन प्रभावित भएको छ । हिमपातका कारण फ्रान्स, इटली र स्वीट्जरल्यान्डका विभिन्न स्थानमा एक सयभन्दा बढी पर्यटक फसेका छन् । कतिपय स्थानमा ३९ इञ्चसम्म हिउँ जमेको छ । रिजोर्टभित्र रहेका पर्यटकहरु बाहिर निस्कन सकेका छैनन् ।
उनीहरुको उद्दारको प्रयास भइरहेको अधिकारीहरुले बताएका छन् । फ्रान्स र स्वीट्जरल्यान्डमा १० वर्षयताकै बढी हिमपात भएको बताइएको छ । यसैबीच इटलीको एउटा पाँच तले भवन हिम पहिरोमा परेको छ । त्यहाँ रहेका २९ जनाले भने भागेर ज्यान जोगाएका छन् ।
फ्रान्समा हिमपातसँगै खराब मौसमका कारण दर्जनौं उडान प्रभावित बनेका छन् । यातायातका साधन नचल्दा त्यहाँको जनजीवन अस्तव्यस्त बनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed