![]()
कालिकोट । कालिकोटमा मौसमी रुघाखोकी र भाइरल ज्वरोको प्रकोप बढ्दै गएको छ । जिल्लाको पचाल झरना, पलाता र नरहरीनाथ गाउँपालिकामा भाइरल ज्वरोको प्रकोप देखिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
भाइरल नियन्त्रणका लागि स्थानीय तहसँग समन्वय गरेर गाउँमा स्वास्थ्यकर्मी सहित घुम्ती शिविर सञ्चालनमा ल्याइएको छ । पछिल्लो समय अत्यधिक चिसोसँगै गाउँमा भाइरल ज्वरोको प्रकोप बढेपछि घुम्ती शिविरमार्फत् उपचार गर्न लागिएको हो ।
भाइरल ज्वरोबाट धेरैजसो बालकालिका र वृृद्धवृद्धा संक्रमित भएका छन । पछिल्लो समय मुलुकभर रुघाखोकी र भाइरल ज्वरोका बिरामी बढेका छन ।


