Breaking News.... EverestOnlineKhabar
May 1, 2026

कांग्रेसले भन्यो : केसी सरकारको आदेशमा होइन अदालतको आदेशमा पक्राउ परे

Loading

काठमाडौं । सत्तारुढ नेपाली काँग्रेसले चिकित्सक गोविन्द केसीलाई सरकारको नभइ अदालतको आदेशमा पक्राउ गरिएको स्पष्ट पारेको छ । कांग्रेस नेता बालकृष्ण खाँणले काठमाडौंमा आयोजित साक्षात्कारमा जनताको पक्षमा वकालत गरिरहेको व्यक्तिलाई सरकारले पक्राउको आदेश दिन नसक्ने बताउनुभयो । उहाँले अदालतको आदेशमा केसीलाई पक्राउ गरिएकोमा असन्तुष्टि व्यक्त गर्नुभयो ।

नेता खाँणले अदालतको आदेशको सम्मान गर्दै चिकित्सक केसीको माग सम्बोधन गर्न पनि सरकारसँग माग गर्नुभयो । उहाँले सर्वोच्च अदालतको समेत सम्मान हुनेगरी वरिष्ठ चिकित्सक केसीको माग सम्बोधन गर्नुपर्ने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed