Breaking News.... EverestOnlineKhabar
May 2, 2026

डा. केसीले सर्वोच्चमा बयान दिंदै भने– ‘प्रधानन्यायाधीश पराजुलीका दुइवटा नागरिकता किन ? ’

Loading

काठमाडौं । अदालतको अवहेलना अभियोगमा सर्वोच्च अदालत पुर्याइएका डा. गोविन्द केसीले कडा बयान दिएका छन ।

उनले दिएको बयान यस्तो छ  :
मेरो अदालतप्रति धेरै नै निष्ठा छ । मैले अदालतको अपमान गरेको छैन । गोपाल पराजुलीले गरेका निर्णय र कार्यहरुले नै न्यायापालिकको उल्टै मानमर्दन गरेका कारणले त्यसविरुद्ध विशेष सचेत नागरिकको हैसियतले मैले आवाज उठाएको मात्र हो । प्रधानन्यायाधीश गोपाल पराजुलीका दुई वटा नागरिकता छन् । उहाँले उमेर सच्चाएर नागरिकता लिनु भएको छ । त्यसबारे तत्काल छानबिन हुनुपर्छ । कुनै पनि नागरिकले दुईवटा नागरिक बोक्न पाउँदैन । त्यसो गर्नु आपराधिक कार्य हो, उहाँले आपराधिक काम गर्नुभएको छ ।

त्यस्तो आपराधिक काम गर्ने व्यक्ति प्रधानन्यायाधीश हुन सक्दैन, उहाँले तुरुन्त राजिनामा दिनु पर्छ ।
उहाँमाथि कारवाही हुनुपर्छ, उहाँले एसएलसी पास गर्नुभएको छैन । एसएलसी नै पास नगरेको व्यक्ति प्रधान न्यायाधीश कसरी हुन सक्छ ? त्यसमाथि पनि छानबिन भई कारवाही हुनुपर्छ ।

सर्वोच्चका बहालवाला रजिस्ट्रार नहकुल सुवेदीलाई ६ महिनाको अन्तरालमा तीनपटक प्रमोसन दिइएको छ । त्यो कुन काननुले अनुमति दियो ? ‘रुल अफ ल’को अध्ययन भएको भएन, त्यस विषयमा पनि छानबिन हुनुपर्छ । त्यसबारे जानकारी पनि पाउँ ? उहाँले गरेका विभिन्न कामले पनि अदालतको अवहेलना गरेको छ । उहाँमाथि अदालतको अवहेलनासम्बन्धी कारवाही होस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed