![]()
भक्तपुर । पूर्व संचारमन्त्री एवम नेकपा एमालेका युवा नेता शेरधन राईले निर्वाचन आयोग अदृश्य शक्तिको प्रभावमा परेको आरोप लगाउनु भएको छ ।
भक्तपुरमा रफत सञ्चार क्लबद्वारा आयोजित साक्षात्कारमा बोल्दै नेता राईले निर्वाचन आयोगका पछिल्ला गतिविधि शंकास्पद रहेको बताउनुभयो । उहाँले देशी विदेशी शक्तिको प्रभावमा आयोगले संविधानवपरित काम गरिरहेको उहाँको आरोप छ ।
प्रदेश नम्बर १ का लागि मुख्यमन्त्रीको दाबेदार रहनु भएका नेता राईले वर्तमान सरकाले जनादेश र संविधानविपरित आफ्नो आयु लम्बाउने काम गरेको आरोप समेत लगाउनुभयो । माओवादीसंग पार्टी एकीकरणको प्रयास भैरहेको बताउँदै उहाँले भन्नुभयो, पार्टी एकीकरण गर्न नसके पनि न्यूनतम् पाँच वर्ष बामगठवन्धनको सरकार बन्छ । ’
एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालको विकल्प नभएको उल्लेख गर्दै उहाँले केही युवा नेताहरुले ओली र प्रचण्डको बिरोध गर्नुको अर्थ नभएको टिप्पणी गर्नुभयो ।


