Breaking News.... EverestOnlineKhabar
April 30, 2026

कौटिन्हो ३ हप्ता मैदान बाहिर रहने…..

Loading

एजेन्सी,पुस ।
स्पेनिस क्लब बार्सिलोनामा अनुबन्धित भएका ब्राजिलियन मिडफिल्डर फिलिप कौटिन्हो तीन साता मैदानबाहिर रहने भएका छन् । सोमबार मात्र बार्सिलोनासँग साढे पाँच बर्षे सम्झौता गरेका कौटिन्हो इन्जुरिका कारण तीन साता मैदानबाहिर रहने भएका हुन् ।
प्ले मेकर कौटिन्हो थाई इन्जुरीका कारण तीन साता मैदानबाहिर रहने बिबिसीले समचार लेखेको छ । बिबिसीका अनुसार क्लबसँग सम्झौता गर्नुअघिको मेडिकलमा कौटिन्होलाई दायाँ थाईमा समस्या देखिएको थियो । कौटिन्होको इन्जुरी ठिक हुन् तीन साता लाग्ने भएको हो । थाई इन्जुरी देखिएपछि उनको डेब्यु खेलको लागि केहि साता कुर्नुपर्ने भएको छ ।
बार्सिलोनाले कौटिन्होलाई इंग्लिस क्लब लिभरपुलबाट महँगो मुल्यमा अनुबन्धन गरेको हो । बार्सिलोनाले कौटिन्होलाई भित्र्याउन १४२ मिलियन पाउण्ड तिरेको छ । लिभरपुलले कौटिन्होको ट्रान्सफर क्लउज ३५५ मिलियन पाउण्ड राखेको थियो ।
बार्सिलोनासँग आबद्द भएपछि कौटिन्हो विश्वको दोस्रो महँगो खेलाडी बनेका छन् । विश्वको महंगा खेलाडी फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन (पिएसजी) ब्राजिलियन फरवार्ड नेयमार हुन् । यसै सिजन नेयमार कीर्तिमानी मूल्यमा पिएसजी गएपछि बार्सिलोनाले कौटिन्होलाई भित्र्याएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed