Breaking News.... EverestOnlineKhabar
May 1, 2026

प्रदेशको कार्यसञ्चालनका लागि अस्थायी स्थान तोक्ने तयारी….

Loading

काठमाडौ,पुस ।
सरकारले प्रदेशसभाका सदस्यलाई शपथ गराउनेलगायत प्रदेशको कार्य सञ्चालनसम्बन्धी अति जरुरी कार्य तत्काल प्रारम्भ गर्नुपर्ने भएकाले प्रदेशको कार्यसञ्चालनका लागि अस्थायी रुपमा स्थान तोक्न आवश्यक तयारी गरिरहेको छ । प्रदेशसभाको बैठक बसी प्रदेशको राजधानी नतोकेसम्मका लागि प्रदेशको कार्य सञ्चालन प्रारम्भ गर्न नेपाल सरकारबाट स्थान तोक्नुपर्ने संवैधानिक बाध्यात्मक व्यवस्था छ ।
नेपालको संविधान धारा २८८ को उपधारा (२) मा प्रदेशको राजधानी भने सम्बन्धित प्रदेशसभाबाट निर्णय भएबमोजिम हुने व्यवस्था रहेकाले सोही व्यवस्थाबमोजिम प्रदेशसभाले नै तोक्ने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्ता डिल्लीराम शर्माद्वारा आज जारी विज्ञप्तिमा स्पष्ट गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed