Breaking News.... EverestOnlineKhabar
May 2, 2026

Loading

बर्दिया । राष्ट्रिय खेलकुद परिषद् च्याम्पियनसिप २०७४ अन्तर्गत राष्ट्रिय कबड्डी प्रतियोगिता बर्दियाको भुरीगाउँमा शुरु भएको छ । अखिल नेपाल कबड्डी संघले प्रतियोगिता पुस २७ गते सम्म सञ्चालन हुने जनाएको छ ।

प्रतियोगितामा पुरुष र महिलाका आठ –आठ समूहका १९२ खेलाडी र १६ प्रशिक्षक सहभागी हुने छन्। पाँच विकास क्षेत्रका महिला र पुरुष गरी दस समूह तथा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाका छ समूह पनि सहभागी छन ।

प्रतियोगिताबाट आगामी अगष्टमा इण्डोनेसियामा हुने एसियन खेलका लागि खेलाडी छनोट गरिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed