![]()
काठमाडौं । नेपाल पत्रकार महासंघले समाचारको स्रोत खुलाउन र सम्पादकलाई उपस्थित हुन पत्र काटेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै प्रेस काउन्सिलमार्फत समाधान खोज्न सुझाव दिएको छ ।
महासंघले सोमबार बिज्ञप्ती जारी गर्दै प्रकाशित÷प्रसारित समाचारको स्रोत खोज्ने र समाचारकै विषयलाई लिएर सम्पादकलाई उपस्थित हुन पत्र काट्ने अधिकार प्रहरीलाई नभएको महासंघले स्पष्ट पारेको छ ।
विज्ञप्तिमा आमसञ्चारमाध्यममा प्रकाशित÷प्रसारित सामग्रीका सम्बन्धमा कुनै गुनासो वा उजुरी भएमा प्रेस काउन्सिलमार्फत समाधान खोज्न आग्रह पनि गरिएको छ । यस किसिमका घटनाले सञ्चारमाध्यमलाई निर्वाधरूपमा प्रेस स्वतन्त्रताको उपभोग गर्ने काममा बाधा पु¥याउने महासंघको ठहर छ । प्रेस स्वतन्त्रताविरोधी यस किसिमका घटना नरोकिएमा महासंघ कठोर संघर्षका कदम चाल्न बाध्य हुने चेतावनी बिज्ञप्तीमा दिइएको छ ।


