![]()
काठमाडौं । राष्ट्रपति विद्या भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच प्रदेश प्रमुखको नियुक्ति र मुकाम तोक्ने बिषयमा छलफल भएको छ ।
राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति भण्डारीले जनतालाई सहज हुनेगरी प्रदेशको अस्थायी मुकाम तोक्न सरकारसँग आग्रह गर्नुभएको थियो । राष्ट्रपति भण्डारीले सरकारका निर्णय जनतालाई सहज हुनेगरी आउनेमा आफू बिश्वस्त रहेको बताउनु भएको थियो ।
राष्ट्रपति भण्डारीले संविधानको परिधिभित्र रहेर सरकारले आफ्नो काम कार्वाहीलाई अघि बढाउने विश्वास व्यक्त गर्दै छिटो भन्दा छिटो प्रदेशको अस्थायी मुकाम तोक्न सुझाव दिनुभएको थियो ।
ज्वाफमा प्रधानमन्त्री देउवाले सरकार राजनीतिक सहमति निर्माणको गृहकार्यमा समेत लागेको जानकारी गराउँदै राष्ट्रियसभाको निर्वाचनको तयारीको विषयमा पनि जानकारी गराउनु भएको थियो ।


