Breaking News.... EverestOnlineKhabar
April 30, 2026

काठमाडौंमै प्रदेशसभा सदस्यको सपथग्रहण गराउने सरकारको तयारी….?

Loading

काठमाडौ,पुस ।
अस्थायी राजधानी तोक्दा विवाद बढ्ने देखिएपछि सरकारले काठमाडौंमै सात प्रदेशसभाका सदस्यको शपथ ग्रहण गराउने तयारी गरेको छ । सरकारले काठमाडौंका सात छुट्टाछुट्टै ठाउँमा प्रदेशसभाका सदस्यलाई शपथ ग्रहण गराउने तयारी गरेको छ । शपथ ग्रहणपछि प्रदेशसभाको पहिलो बैठक पनि काठमाडौंमै बस्ने भएको छ ।
प्रदेशसभाको पहिलो बैठकले प्रदेशको राजधानी तोक्ने निर्णय गर्ने सरकारको भनाइ छ । वाणिज्यमन्त्री मीन विश्वकर्माले अस्थायी राजधानी तोक्ने विषयमा राजनीतिक सहमति नभए काठमाडौंमै सातवटा प्रदेशका प्रदेशसभाका सदस्यलाई शपथ खुवाउने तयारी सरकारले अघि बढाएको बताए ।
यस्तै,सिँचाइमन्त्री सञ्जय गौतमले भनेः‘प्रदेशसभाको पहिलो बैठक र प्रदेशसभाका सदस्यलाई शपथ खुवाउने काम काठमाडौंमा हुनेछ ।’ प्रदेशसभाका सदस्यलाई शपथ खुवाउन तथा प्रदेशसभाको बैठक आह्वान गर्न प्रदेशप्रमुखको मनोनयन भने आगामी मन्त्रिपरिषद् बैठकबाट गर्ने तयारी सरकारले अघि बढाएको छ ।
सरकारले प्रदेशको अस्थायी राजधानी तोक्न केही दिनअघि एउटा कार्यदल बनाएको थियो । कार्यदलले प्रदेश १ को विराटनगर, २ को जनकपुर, ३ को भक्तपुरको सानो ठिमी, ४ को पोेखरा, ५ को दाङ, ६ को सुर्खेत र ७ को धनगढीलाई अस्थायी मुकाम बनाउन सिफारिस गरेको थियो । सिफारिस कार्यान्वयन गर्ने तयारी गरेको सरकार विवाद हुने स्थिति देखिएपछि पछि हटेको हो ।
अस्थायी राजधानी तोक्ने विषयमा एमाले र माओवादी केन्द्रले सरकारलाई सहयोग नगरेको युवा तथा खेलुकद मन्त्री राजेन्द्र केसीले बताए । एमाले र मााओवादीले सहमति दिएमा अस्थायी राजधानी तोकिने सम्भावना कायमै रहेको उनले जनाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed