Breaking News.... EverestOnlineKhabar
May 1, 2026

ब्राजिलियन स्टार कौटिन्हो बार्सिलोनामा आवद्द हुँदै…..

Loading

एजेन्सी,पुस ।
इंग्लिश क्लब लिभरपुलका मिडफिल्डर फिलिप कौटिन्हो स्पेनिस क्लब बार्सिलोना जाने पक्का भएको छ । लिभरपुल र बार्सिलोनाबीच ट्रान्सफर रकममा कुरा मिलेपछि कौटिन्हो बार्सिलोनामा आबद्द हुने पक्का भएको हो । बार्सिलोनाले प्ले मेकर कौटिन्होलाई महँगो मुल्यमा अनुबन्ध गर्ने भएको अन्तराष्ट्रिय मिडियाहरुले जनाएको छ ।
बिबिसीका अनुसार बार्सिलोनाले कौटिन्होलाई भित्राउन १४२ मिलियन पाउण्ड तिरेको छ । लिभरपुलले कौटिन्होको ट्रान्सफर क्लउज ३५५ मिलियन पाउण्ड राखेको थियो । बार्सिलोनासँग आबद्द भएपछि कौटिन्हो विश्वको तेस्रो महँगो खेलाडी बन्ने छन् ।
कौटिन्होलाई बार्सिलोनाले ५ बर्षको लागि अनुबन्धन गर्ने सम्भावना रहेको अन्तराष्ट्रिय मिडियाहरुले जनाएको छ । बार्सिलोनासँग सम्झौता गर्न कौटिन्हो शनिबार नै स्पेन प्रस्थान गरिसकेको डेलिमेलले जनाएको छ । यस्तै बार्सिलोनाका अफिसियल सोसियल साइडबाट कौटिन्होलाई मेन्सन गर्दै स्वागत समेत गरिसकेको छ ।
यसै सिजन ब्राजिलियन फरवार्ड नेयमार कीर्तिमानी मूल्यमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन (पिएसजी) गएपछि बार्सिलोनाले कौटिन्होलाई भित्राएको हो । उनको ट्रान्सफर १४ करोड २० लाख पाउण्डमा हुने तय भएको बिबिसिले जनाएको छ । उनले साढे ५ बर्षे अवधिका लागि हस्ताक्षर गर्ने तय भएको पनि खबरमा उल्लेख छ । ब्राजिलका २५ बर्षिय कोउटिन्हो सन २०१३ को जनवरीमा ८५ लाख पाउण्डमा लिभरपुलमा अनुबन्ध भएका थिए । ब्राजिलियन २५ बर्षिय कौटिन्हो सन् २०१३ को जनवरीमा लिभरपुल आएका थिए । लिभरपुलले कौटिन्होलाई इन्टर मिलानबाट ८.५ मिलियन पाउण्डका क्लब भित्राएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed