Breaking News.... EverestOnlineKhabar
May 2, 2026

Loading

सप्तरी,पुस ।
शीतलहरसँगै बढेको अत्यधिक चिसोका कारण सप्तरीमा ज्यान गुमाउनेको संख्या नौ पुगेको छ। शनिबार थप दुई जनाको मृत्यु भएको छ । शनिबार मृत्यु हुनेमा जिल्लाको खडक नगरपालिका–८ मुसरनिया बस्ने ७० वर्षीय मुसहरु चौधरी र अग्नीसाइर कृष्णासवरन गाउँपालिका–४ बस्ने ६५ वर्षीय लखन ठाकुर रहेको प्रहरीले जनाएको छ।
चौधरीको आफ्नै घरमा सुतिरहेको स्थानमा र ठाकुरको गाईगोठमा बसिरहेको अवस्थामा मृत्यु भएको हो भने मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। यसअघि जिल्लाको तिलाठी कोइलाडी गाउँपालिका २ लौनियाँका ५५ वर्षीय सुजन ठाकुर, महदेवा गाउँपालिका २ का ५८ वर्षीय सुकदेव यादव, राजविराज नगरपालिका २ का ६० वर्षीया नाजो बेगम र १० का ६५ वर्षीया कैलीदेवी खंग, छिन्नमस्ता गाउँपालिका १ का ३५ वर्षीय रामदयाल राम, ३६ वर्षीय कुलदीप राय र ७२ वर्षीया रजियादेवी रायको जाडोका कारण मृत्यु भएको थियो।
शीतलहरका कारण सप्तरीको हनुमाननगर कंकालनी नगरपालिका–२ स्थित मुसहर समुदायको जनजीवन कष्टकर बनेको छ। मुसहर बस्तीमा जाडोमा ओढ्ने कम्बल समेत नहुँदा निकै समस्या भएको स्थानीयले दुखेसो पोखेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed