Breaking News.... EverestOnlineKhabar
May 2, 2026

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुखसहित ३ संवैधानिक निकायका प्रमुखबीच ‘गोप्य’ भेट….

Loading

काठमाडौ,पुस ।
प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त दीप बस्न्यात र महालेखा परीक्षक टंकमणि शर्मालाई आयोगमा बोलाएर गोप्य छलफल गरेका छन् । आर्थिक अनियमितता छानबिन गर्ने अख्तियार र लेखापरीक्षण गर्ने छुट्टाछुट्टै जिम्मेवारी बोकेका दुई संवैधानिक निकाय प्रमुखलाई प्रमुख निर्वाचन आयुक्तले आयोगमै बोलाउनुलाई शंकास्पद रुपमा हेरिएको छ ।
तीन चरणको निर्वाचन सकेको मौकामा शुक्रबार साँझ प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवको निमन्त्रणामा अख्तियार प्रमुख बस्न्यात र महालेखा परीक्षक शर्मा आयोग पुगेका थिए । तीन जना बीच आयोगमा के विषयमा छलफल भयो भन्ने कुरा गोप्य राखिएको छ । निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले बिल्कुलै अनौपचारिक भेटघाट भएको बताए । उनले भनेः‘चिया, कफी गफ हो । एकदुई महिनामा यसरी भेट हुने प्रचलन छ ।’
आयोगका कर्मचारीलाई संवैधानिक निकायका पदाधिकारीबीच अनौपचारिक भेटघाट भन्ने जानकारी गराइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed