Breaking News.... EverestOnlineKhabar
May 1, 2026

Loading

पर्सा । नवौँ संस्करणको रुस्लान सिमरा गोल्डकप आगामी माघ २५ गतेदेखि हुने भएको छ । आयोजक नव जनजागृती युवा क्लबले पत्रकार सम्मेलन गरी माघ २५ देखि फागुन ५ गतेसम्म प्रतियोगिता हु्ने जानकारी दिएको हो ।

बाराको सिमरा रंगशालमा हुने प्रतियोगितामा ए डिभिजन लिग खेल्ने क्लबहरुसँगै १० टिमको सहभागिता रहनेछ । साविक विजेता सिमएमजी संकटा, मनाङ मर्स्याङदी क्लब, थ्री स्टार क्लब, जावालाखेल युथ क्लब, विभागीय क्लबद्वय सशस्त्र प्रहरी बलको एपीएफ र त्रिभुवन आर्मी, वीरगन्ज युनाइटेड, पोखराको साहरा क्लब, रुपन्देही ११, हेटौँडा ११, झापा ११ र आयोजक नवजनजागृती मध्ये १० टिमले प्रतियोगिता खेल्नेछन् ।

प्रतियोगिताको विजेताले ५ लाख ५१ हजार तथा उपविजेताले २ लाख ५० हजार प्राप्त गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed