Breaking News.... EverestOnlineKhabar
May 1, 2026

उत्तर कोरियाको क्षेप्यास्त्र आफनै भूमीमा खस्यो

Loading

बिबिसि । उत्तर कोरियाले झण्डै ९ वर्षदेखि क्षेप्यास्त्र परीक्षण गर्दै आएको छ । चौतर्फी विरोध र आलोचना भइरहँदा पनि उसले क्षेप्यास्त्र परीक्षण गर्न छाडेको छैन ।

कहिले जापानी, कहिले दक्षिण कोरियाली त कहिले अमेरिकी भूभाग वा समुद्रमा परीक्षण गराउने उत्तर कोरियाको यसपालिको परीक्षण भने आफ्नै देशमा भएको छ । परीक्षण क्रममा भएको प्राविधिक गल्तीका कारण प्रक्षेपण गरेको एक क्षेप्यास्त्र उत्तरको आफ्नै सहरमा खसेर विस्फोट भएको छ ।

स्याटलाइटले लिएको तस्वीरहरूले यो कुराको पुष्टि भएको अमेरिकी अधिकारीहरूले दाबी गरेका हुन्। परीक्षण असफल भएपछि घना बस्ती भएको टोकछानमा गएर सो क्षेप्यास्त्र विस्फोट भएको बताइएको छ।

गत वर्षको अप्रिल महिनामा परीक्षण गरिएको मध्यम रेन्जको सो क्षेप्यास्त्रले टोकछानका औद्योगिक भवनहरु लगायत कृषि क्षेत्रमा असर गरेको हुन सक्ने बताइएको छ। यसले पुर्याएको मानवीय र अन्य क्षतिबारे भने कुनै खुलासा गरिएको छैन।

जापानी समुद्रको उत्तरतर्फ लक्षित गरी प्रहार गरिएको सो क्षेप्यास्त्रको भित्री इन्जिनमा खराबी आएपछि ५० मिनेट आकाशमा उडेर क्षेप्यास्त्र टोकछानमा खस्न पुगेको थियो । त्यसपछि यसको एक महिनामै किम जोन उनले अर्को क्षेप्यास्त्रको सफल परीक्षण गरेर देखाएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed