![]()
काठमाडौं । आगामी चैत १७ गतेबाट धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेट सुरु हुने भएको छ । आयोजकले बिहीबार पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी गराएको हो ।
बैशाख १ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा खेलाडीहरुको छनोट अक्सनबाट गरिनेछ । फागुन ५ मा अक्सन हुनेछ । यसका लागि खेलाडीहरुले पुस २० बाट माघ २५ गतेसम्म आफ्नो नाम दर्ता गरिसक्नु पर्नेछ ।
खेलाडीहरुलाई तीन समूहमा बाँडिनेछ । कम्तिमा १५ अन्तराष्ट्रिय खेल खेलेका तथा ३ वर्षदेखि राष्ट्रिय टोलीमा रहेका खेलाडीहरु समूह ए मा पर्नेछन् भने बाँकी राष्ट्रिय, समूह समूह खेलेका वा क्याम्पमा परेका खेलाडी समूह बीमा हुनेछन् ।
समूह सीमा भने अनक्याप खेलाडीहरुलाई राखिनेछ । हरेक फ्रेन्चाइज क्लबले न्युनतम रुपमा समूह एका दुई, बीका तीन र सीका ५ खेलाडी राख्नुपर्नेछ । विजेताले २५ लाख रुपैयाँ पाउनेछ भने उपविजेताले १० लाख, तेस्रो हुनेले ३ र चौथोले २ लाख पाउनेछ ।


