Breaking News.... EverestOnlineKhabar
April 30, 2026

Loading

सिरियाली द्वन्द्वलाई मुख्य मुद्दाका रुपमा राख्दै विश्वका सातवटा ठूला औद्योगिक राष्ट्रहरुको समूह जी-सेभेनका विदेशमन्त्रीहरुको बैठक इटलीमा सोमबार शुरु हुँदैछ।आफ्नै नागरिकमाथि दमास्कसले विषाक्त ग्यास आक्रमण गरेपछि सिरियादेखि टाढा बस्न भन्दै रुसमाथि पश्चिमा मुलुकहरु दवाव सिर्जना गर्न चाहन्छन्।

अमेरिकी विदेशमन्त्री रेक्स टिल्लर्सनले रासायनिक आक्रमण गर्नबाट सिरियालाई रोक्न विफल भएको भन्दै मस्कोको आलोचना गरेका छन्।रासायनिक हमलापछि अमेरिकाले सिरियाली हवाई अखडामा क्षेप्यास्त्र आक्रमण गरेको थियो।

यद्यपि टिल्लसर्नले तथाकथित इस्लामिक स्टेटलाई पराजित गर्नु वाशिङटनको पहिलो प्राथमिकता रहेको बताए।टिल्लसर्नले यसै हप्ताको अन्त्यतिर मस्कोको भ्रमण गर्नेछन्।जहाँ उनले आफ्ना रुसी समकक्षी सेर्गेइ लाभ्रोभसँग भेटवार्ता गर्नेछन्।रुस सिरियाली सरकारको महत्वपूर्ण सहयोगी मुलुक हो जसले सन् २०१३ मा सिरियाली रासायनिक अस्त्रहरु नष्ट गर्नेसम्बन्धी भएको एउटा सम्झौताको समन्वय गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed