Breaking News.... EverestOnlineKhabar
April 30, 2026

स्थानीय तहको चुनाव दुई चरणमा गर्न खोजिए मान्य नहुने सुवास नेम्वाङ

Loading

इलाम, २८ चैत – प्रमुख विपक्षी नेकपा एमालेले स्थानीय तहको चुनाव दुई चरणमा गर्न खोजिए मान्य नहुने बताएको छ । साथै स्थानीय तहका प्रमुख उपप्रमुखलाई राष्ट्रिय सभाको निर्वाचक मण्डलबाट हटाउने प्रस्ताव मान्य नहुने प्रष्ट पारेको छ ।

एमाले महासचिव ईश्वर पोखरेल र संसदीय दलका कार्यवाहक नेता सुवास नेम्वाङले सोमबार इलाममा पत्रकार सम्मेलनमार्फत दुई चरणको चुनाव स्वीकार्य नहुने बताएका हुन् ।
प्रेस चौतारी इलाम शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा नेता नेम्वाङले भने, ‘दुई चरणमा चुनाव गर्ने भन्ने कुरामै चुनाव नगराउने षड्यन्त्र लुकेको छ । यसमा हामी सहमत हुन सक्दैनौं ।’
नेम्वाङले संविधान संशोधनको नयाँ प्रस्तावमा एमाले पनि सहमत भएको भनेर प्रधानमन्त्री प्रचण्डले झेली कुरा गरेको आरोप लगाए ।
उनले संविधान संशोधनको नयाँ विषय बस्तुमा प्रधानमन्त्रीले एमालेसँग छलफल नगरेको बताए । उनले भने, ‘संशोधनको विषयमा पनि चाइना जानुअघि सामान्य कुरा भएको थियो । प्रधानमन्त्री फर्केर आएर केही कुरा भएको छैन । एमालेको सहमतिमै गर्छु भन्दै हुनुहुन्छ, झेली कुरा हो । हामीलाई कुनै जानकारी छैन ।’
उनले अघि भने, मन्त्रिपरिषदको बैठक समेत बस्ने नसक्ने, अदालतको फैसलापछि पनि नेपाल प्रहरीका आईजीपी नियुक्त गर्ने नसक्ने र उपप्रधानमन्त्रीको बरियता समेत निर्धारण गर्न नसक्ने सरकारको कुरा गर्नु अर्थ छैन ।’
पत्रकार सम्मेलनमा महासचिव ईश्वर पोखरेलले चुनावका लागि संविधान संशोधनको आवश्यकता नरहेको भन्दै अहिले संशोधनको बेमौसमी बाजा बजाउन खोजिएको टिप्पणी गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed