![]()
धनगढी, २८ चैत । सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिग (डीपीएल) अन्तरगत सोमवार पहिलो दिन भएका खेलमा सिर्जनशिल युवा क्लव (सीवाइसी) अत्तरिया र रुपन्देही च्यारेन्जर्सले जित हासिल गरेका छन । अत्तरियाले काठमाडौं गोल्डेन्सलाई र रुपन्देहीले कञ्चनपुर आइकोनिकलाई हराउँदै लिगमा विजयी सुरुवात गरेका हुन ।लिग अन्तरगत पहिलो खेलमो सिवाइसी अत्तरियाले काठमाडौं गोल्डेन्सलाई ४० रनले पारजित गरेको थियो । टस हारेर पहिले व्याटिङ गरेको सीवाइसी अत्तरियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १४६ रन बनायो ।
सुरुवातमा विकेट गुमाएर दवाव परेको अत्तरियाका लागि योगेन्द्रसिंह कार्कील ५७ रनको अर्ध शतकीय पारी खेले । त्यस्तै ज्ञानेन्द्र कुँवरले नटआउट ३४, दिलिप नाथले १५, प्रदिप ऐरीले नटआउट १३ तथा रोशन नेपालीले १० रन बनाए । काठमाडौंका सोमपाल कामीले दुई विकेट लिए । त्यस्तै मन्जित श्रेष्ठ, आरके पौडेल र सन्तोष भट्टले १/१ विकेट लिए ।
एक सय ४७ रनको लक्ष्य पछ्याएको काठमाडौंले १८ दशमलव चार ओभरमा सबै विकेट गुमाएर एक सय ६ रन मात्रै बनाउन सक्यो । काठमाडौंका सोमपाल कामीले ४० तथा सन्तोष भट्टले ३१ रन बनाउनु वाहेक अरुले दोहोरो अंकमा रन वनाउन सकेनन् । जितका लागि सिवाइसी अत्तरियाका अविनाश बोहराले चार तथा विनोद लामाले तीन विकेट लिए । अत्तरियाका अविनाश बोहरा वेल्स क्याफे म्या अफ द म्याच हुदै नगद १० हजार हात पारे । सिवाइसी अत्तरिया ज्ञानेन्द्र मल्ल तथा काठमाडौं गोल्डेन्स बसन्त रेग्मीको कप्तानीमा खेलिरहेका छन् ।
धनगढी प्रिमियर लिग डीपीएल अन्तरगत सोमवारै भएको दोस्रो खेलमा रुपन्देही च्यालेन्र्जसले कञ्चनपुर आइकोनिकलाई १४ रनले पराजित गरेको छ । टस जितेर पहिले ब्याटिङ गरेको रुपन्देहीले निर्धारीत २० ओभरमा ८ विकेट गुमाउदै १ सय ४५ रन वनायो ।रुपन्देहीको तर्फवाट हरिशंकर साहले सर्वाधिक ३३ रन बनाए । यसैगरी शंकर रानाले १९ प्रकाश केसीले २६ शक्ति गौचनले १६ रन र विक्रम सोवले १५ रन बनाए । कञ्चनपुर आईकोनिकको तर्फबाट कुशल भुर्तेलले ४ विकेट लिए । यस्तै अविनाश कर्णले २ विकेट लिए । सुनिल धमलाले एक विकेट हात पारे ।१ सय ४६ रनको लक्ष्य पछ्याएको कञ्चनपुरले निर्धारित ओभरमा ९ विकेट जादा १ सय ३१ रन मात्र बनाउन सक्यो । कञ्चनपुरका सागर पुनले ३९ रन, सुनिल धमलाले २८ रन, कुशल भुर्तेलले २७ रन बनाए पनि आफ्नो टीमलाई जिताउन सकेनन् । रुपन्देहीका साहव आलम र कृष्ण कार्कीले तीन÷तीन, शक्ती गौचनले दुई र दिपेश श्रेष्ठले एक विकेट लिए ।डीपीएल अन्तरगत आज मंगलवार हुने पहिलो खेलमा टीम धनगढी र विराटनगर किङस्, तथा दोस्रो खेलमा कञ्चनपुर आईकोनिक र काठमाण्डौ गोल्डेन्स बीच हुने आयोजकले जनाएको छ ।
धनगढी क्रिकेट एकेडेमी र सुदूरपश्चिमाञ्च एकेडेमीको संयुक्त आयोजनामा भइरहेको यो प्रतियोगितामा ६ टीम सहभागी छन् । ६ वटा शहरका नामबाट बनाइएका टीममा सुदूरपश्चिमका तीन शहरका तीन टीम सहित काठमाडौंको एक, विराटनगरको एक र भैरहवाको नामबाट एक टिम छन् ।सबैभन्दा धेरै पुरस्कार रहेको घरेलु क्रिकेट प्रतियोगिता डीपीएलको विजेताले १५ लाख र उपविजेताले ७ लाख रुपैया पुरस्कार पाउने आयोजक समितिका अध्यक्ष सुवास शाहीले बताए ।


