Breaking News.... EverestOnlineKhabar
April 29, 2026

Loading

उत्तर प्रदेशका मुख्यमन्त्री तथा हिन्दू धर्मका सशक्त समर्थक योगी आदित्यनाथले हिन्दूधर्मलाई जीवनको एक पद्धति बताउँदै भारतमा हिन्र्दूत्व लागुगर्नुपर्ने कुरामा जोड दिएका छन् । उनी स्थानीय गोरखनाथ मन्दिरका पुजारी पनि हुन् ।

गत महिना भएको उत्तर प्रदेशको विधान सभामा दुई तिहाई भन्दा धेरै मत ल्याएर विजय हासिल गरेको भारतीय जनता पार्टीका नेता योगीले उक्त कुरा भारतीय टेलिभिजन च्यानल दूरदर्शनसँगकोे अन्तर्वार्तामा बताएका हुन् ।

योगीका अनुसार हिन्दूत्व एक धर्म मात्र नभएर जीवन बिताउने प्रक्रिया समेत भएकोले हिन्दू धर्मको पक्षपाती हुनुपर्ने बताएका थिए । पाँच पटकसम्म विधायिकामा लगातार विजयी भएका जोगी रंगको कपडा लगाउने योगीले भारतीय सर्वोच्च अदालतले दिएको आदेश सम्झना गराउँदै भने, “सर्वोच्च अदालतको पूर्ण इजलासले हिन्दूत्व कुनै धर्म वा परम्परा मात्र नभएर जीवन पद्धति भएको बताईसकेको छ । यो देश र हिन्र्दूत्वको बाटोले जनताको जीवन पद्धतिमा परिवर्तन ल्याउँछ र तिनमा खुसीयाली बढाउँछ भने यो पद्धति अपनाउन कसैले अप्ठेरो मान्नुपर्ने अवस्था छैन ।”

भारतको सर्वोच्च अदालतले सन् १९९५ मा महाराष्ट्रलाई हिन्दूप्रदेश बनाउने चुनावी नारा लिएर उठेका शिव सेनाका नेता मनोहर जोशीलाई उच्च अदालतले रोक लगाएको थियो । सो मुद्दा सर्वोच्चमा पुग्दा सो अदालतका तीन जना न्यायाधीशको पूर्ण ईजलाशले हिन्दूधर्मलाई जीवन पद्धति मान्दै जोशीको चुनावी मागलाई मान्यता दिएको थियो । गत वर्ष देखि ठूलो इजलाशले सो मुद्दामा पुनरावलोकन गर्न शुरु गरेको छ ।

योगी उत्तर प्रदेशको मुख्यमन्त्री नियुक्त भए लगत्तै सो राज्यमा गाई काट्न तुरुन्तै प्रतिबन्ध लगाई राज्यमा भएका सम्पूर्ण बधशाला बन्द गराएका थिए । आफू उत्तर प्रदेशको मुख्यमन्त्री भएको पन्ध्रौँ दिनमा गत हप्ता उनले पहिलो बैठक डाकेका थिए । सो बैठकबाट एक लाख सम्म ऋण लिएका सम्पूर्ण किशानको ऋण माफि गरिदिने घोषणा उनले गरेका थिए । सो घोषणाबाट सरकारलाई करिब ४८,००० करोड रुपैयाँ (३०,००० करोड भारु) घाटा पर्न गएको छ । तर, योगीको यो घोषणाको भारतीय कांग्रेसका नेता राहुल गान्धीले पनि स्वागत गरेका छन् र यो नीति पुरै भारतमा लागु हुनुपर्ने माग पनि गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed