![]()
काठमाडौ,२५ चैत ।
सरकारले मधेसी मोर्चालाई निर्वाचनमा सहभागी गराउन संविधान संशोधन विधेयक फिर्ता गरी नयाँ पाँचबुँदे प्रस्ताव ल्याउने तयारी गरेको छ। प्रधानमन्त्री पुष्पकमल दाहालले पाँचबुँदे सहमतिअनुसार आइतबारसम्म नयाँ संशोधनको मस्यौदा तयार गर्न कानुनमन्त्रीलाई निर्देशन दिइसकेका छन्।
कांग्रेसबाट सरकारमा सहभागी मन्त्रीको बिहीबार गृहमन्त्रालयमा बसेको बैठक उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिले यस्तो जानकारी गराएका हुन्। प्रदेश सीमांकन हेरफेर प्रस्ताव थाती राख्दै सरकारले त्यसको टुंगो लगाउन अधिकार सम्पन्न संवैधानिक आयोग गठन गर्ने भएको छ।
‘पहिलो संशोधनबाट सीमांकन हेरफेरको प्रस्तावलाई झिकेर अरु दुई बुँदा थप गरी पाँचबुँदेसहितको नयाँ संशोधन संसद्मा लगिने छ, बैठकमा सहभागी एक मन्त्रीले भनेः‘एकपक्षीय होइन, दुबैका सर्त मान्य हुनेगरी अघि बढ्नुपर्ने हाम्रो सुझाव छ ।’
यसअघि सरकारले मंसिर १४ गते प्रदेश नम्बर ४ र ५ को सीमांकन हेरफेर प्रस्तावसहित संविधान संशोधन विधेयक संसद्मा दर्ता गराएको थियो। सरकारले मोर्चाको मागलाई सम्बोधन गर्न राष्ट्रिय सभा गठनमा गाउँरनगरपालिका प्रमुख र उपप्रमुखले मतदान गर्ने व्यवस्था हटाउने तयारी गरेको छ।


