74 total views, 2 views today
नेकपा (एकीकृत समाजवादी) पार्टीले हालै जारी एक प्रेस विज्ञप्तिमार्फत नेकपा (माओवादी) सँग पार्टी एकता गर्ने कुरा सत्य नभएको बताएको छ ।
पार्टीका महासचिव डा. बेदुराम भुसालले शुक्रबार एक विज्ञप्ती जारी गर्दै नेकपा (माओवादी केन्द्र) सँग एकता गर्ने प्रचारप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जानकारी गराउँदै भनेका छन् , ‘यो खबर पूर्णतः निराधार हो ; यसमा कुनै सत्यता छैन’ ।
विज्ञप्तीमा भनिएको छ कि, ‘नेपाली कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध बनाउनु पर्ने आवश्यकता छ भन्नेमा हामी प्रष्ट छौं तर अहिलेसम्म त्यस सम्बन्धमा निर्णय त के कुनै छलफल, वार्ता वा सम्वाद केहि पनि भएको छैन । हुँदै नभएको प्रचार गराएर भ्रम सिर्जना गर्न खोजिएकाले त्यस्तो भ्रममा नपर्न सबैमा अनुरोध छ ।’