Breaking News.... EverestOnlineKhabar
April 30, 2026

Loading

२०७६ चैत्र २४, काठमाडौं । ‘अमेरिकन आइडल’मा छनोट भएका नेपाली मूलका दिवेश पोखरेलले आफ्नो दमदार प्रस्तुतिलाई निरन्तरता दिँदै टप २० मा स्थान सुरक्षित गरेका छन् । आइतबार प्रशारण भएको एपिसोडबाट उनी टप २० मा सुरक्षित भएका हुन् । दिवेशले टप २० प्रवेश गर्नको लागि बब मार्लीको गीतमा प्रस्तती दिएका थिए । आइतबार दिएको प्रस्तुतिले निर्णायक मण्डलका तीनैजना निर्णायक नै प्रभावित भएर प्रशंसा गरेका थिए । अघिल्लो हप्ताझै यस हप्ता पनि सबै निर्णायकहरू उठेर ताली बजाएका थिए ।

२१ वर्षे युवा गायक दिवेश पोखरेलले सुरुआतको हप्तामा आफूलाई अर्थर गनको रूपमा चिनाएका थिए । अघिल्लो हप्ता दिवेशले हलिउड राउन्डमा १९६८ मा अमेरिकन गायक ओटिस रेडिङको सुपर हिट गीत ‘हार्ड टु ह्यान्डिल’ गाएका थिए । उनको प्रस्तुतिपछि निर्णायकहरूले पूरा गीत गाउन अनुरोध गरेका थिए । निर्णायक लियोनल रिचीले दिवेशको प्रस्तुति आफूलाई बब मार्लीको झल्को दिएको प्रतिक्रिया दिँदै उनको प्रशंसा गरेका थिए । गत फागुनको पहिलो हप्ता भएको अमेरिकन आइडलमा अडिसनबाट छनोटसँगै उनको चर्चा चुलिएको थियो । दिवेश सन् २०१४ मा उच्च अध्ययनका लागि काठमाडौंबाट अमेरिका गएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed