Breaking News.... EverestOnlineKhabar
April 30, 2026

Loading

२०७६ चैत २३, पर्सा – बुहारीको हत्या गरेको आरोपमा ३ जना पक्राउ परेका छन् । पर्सा जिल्लाको बहुदरमाई नगरपालिका–८ रामनगरी बस्ने ६० वर्षीय सुरेश पंडित, उनकी ५५ वर्षीया श्रीमती फुल कुमारी देवी र उनीहरुकी कान्छी बुहारी २३ वर्षीया मालती देवी समेत ३ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको हो । २५ वर्षीया बुहारी उर्मीला देवी पंडितलाई घरमा कर्तव्य गरी मारेर घाटमा लगेर दाह संस्कार गरिरहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको प्रहरीले शवको आधा भाग जलिसकेको अवस्थामा फेला पारेको हो । मृतकको श्रीमान विदेशमा रहेको भन्ने बुझिन आएको छ । जिल्ला प्रहरी कार्यालय पर्साबाट प्रहरी टोल खटिई गई यस सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed