![]()
बेलायतमा कोरोना भाइरसका कारण पाँच वर्षका बालकको मृत्यु भएको छ । बेलायती मन्त्रीपरिषद कार्यालय मन्त्री माइकल गोवका अनुसार गम्भीर स्वास्थ्य समस्यासँग जुधिरहेका पाँच वर्षका बालकमा कोरोना भाइरसको संक्रमण भएको र त्यसकै कारण ती बालकको ज्यान गएको हो । ती बालकको लण्डनको किङ्गस कलेज अस्पतालमा निधन भएको मन्त्री गोवले शनिबार जानकारी दिएका हुन् । यस्तै १३ वर्षका अर्का बालकको पनि कोरोना भाइरसको संक्रमणपछि मृत्यु भएको छ । उनी पनि गम्भीर स्वास्थ्य समस्यासँग जुधिरहेका थिए । बेलायतमा कोरोना भाइरुसका कारण मृत्यु हुनेको संख्या ४३ सय १३ पुगेको छ । संक्रमितको संख्या ४१ हजार ९०३ रहेको छ ।


