Breaking News.... EverestOnlineKhabar
April 30, 2026

Loading

२०७६ फागुन १३, काठमाडौँ – सांसद सरिता गिरीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कमिसनबिना अगाडि बढ्न नसक्ने बताएकी छन् । मंगलबारको प्रतिनिधिसभा बैठकमा समय मागेर बोल्दै सांसद गिरीले कमिसन बिना नेकपा एक कदम पनि चल्न नसक्ने दाबी गरेकी हुन् । ‘नेकपाको समाजवाद कमिसनवाद बिना टिक्न सक्छ ?’ भन्ने प्रश्न गर्दै सांसद गिरीले पार्टीको राजनीतिक दस्तावेजमै कमिसनवादलाई समेट्न सुझाव दिइन् ।

उनले भनिन्, ‘के नेकपाको समाजवाद कमिसनवाद बिना टिक्ला ? नेकपाको समाजवाद कमिसनवाद बिना एक कदम पनि चल्न सक्दैन । त्यसैले नेकपाको राजनीतिक दस्तावेजमा कमिसनवादलाई वैधता प्रदान गरोस्, हामी त्यसमा बहस गरौँला ।’ सांसद गिरीले नेकपाले भ्रष्टाचारको परिभाषा नै परिवर्तनको तयारी गरिरहेको आरोप समेत लगाएकी छन् । नेकपाले गर्ने भ्रष्टाचार सर्वहारा, दलित, शोषित र पीडितको नाममा हुने अरुले गरेको भ्रष्टाचार भ्रष्टाचार हुने भन्दै उनले प्रश्न गरिन् । विधिको शासन हराउँदै गएको उनले बताइन् ।

पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले प्रकरणले प्रतिपक्षी दलले बोलेको कुराहरुको सत्तारुढ दलले प्रवाह नगर्ने प्रवित्ति हाबी भएको बताइन् । बाँस्कोटाले राजीनामा दिएपछि अख्तियारले सञ्चार मन्त्रालयमा छापा मारेको खवरहरु सार्वजनिक भएको प्रसंगमा उनले बास्कोटामाथि छानबिन गर्न हो कि बचाउन छापा मारेको भन्दै प्रश्न गरिन् । हुवाईदेखि लिएर यति होल्डिङसम्म सरकार अड्को दाबी गर्दै गिरीले यो विषयमा प्रधानमन्त्रीले जिम्मेवारी लिँदै जवाफ दिनुपर्ने बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed